टिकटक भिडियो बनाउँदा नौ तलाबाट खसेर युवतीको मृत्यु
एजेन्सी – टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खस्नु भएको हो ।
कुब्रा डोगान नाम को युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडनु भएको हो । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उहाँ खस्नु भएको थियो । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।
अर्पाटमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिच्नु भएको थियो । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्वीरका लागि पोज दिँदा उहाँ खस्नु भउको थियो ।
पछिल्ला समयमा टिकटकमा भ्युज र लाइक बढाउन विभिन्न खतरनाक पोजमा तस्बिर र भिडियो खिच्ने होड प्रायः टिकटकप्रेमीमा देखिन्छ । अनौठो दृश्यलाई कैद गर्ने नाममा विभिन्न विकृति र विसंगति दोहोरिएको विज्ञहरुको भनाइ छ । यसअघि पनि पूर्वी टर्कीमा टिकटक भिडियो खिच्दा एक युवकको ज्यान गएको थियो ।