Connect with us
Kapilvast Forest

लिगंको आधारमा दुर्व्यवहार गर्नु अपराध हो :उपप्रमुख थारु

२०७८, ८ भाद्र मंगलवारमा प्रकाशित

 सीता बेल्बासे,कपिलवस्तुयौनिक तथा लैङ्गिक अल्पसंस्यकलाई सम्मान जनक व्यावाहर गर्नु आजको आवश्यकता भएको शिवराजनगर पालिका उपप्रमुख शिवकुमारी थारुले बताउनु भयो । यौनिक तथा लैङ्गिक अल्पसंस्यक समुदायको सवाल सम्वन्धि सरोकारवाला निकाय बिच मंलबार शिवराज १ शिवपुरमा भएको अन्तक्रिय कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । लिगंको आधारमा दुर्व्यवहार गर्नु अपराध  होउहाँले भन्नु भयो ।

यौनिक तथा लैङ्गिक अल्पसंस्यकलाई समाजमा सम्माजनक बाच्न पाउने अधिकार छ तर समाजमा गर्न व्यावहारले उनिहरु खुलेर बाहिर आउन नसकेको अबस्था आएको बताउनु भयो । यस भन्दा अगाडि शिवराजनगर पालिकामा यस्ता कार्यक्रम नभएका हुदा यसवर्षमा भने यौनिक तथा लैङ्गिक अल्पसंस्यकको लागि केहि कार्यक्रम समावेस गरेको बताउनु भयो ।

शिवराज नगरपालिका वडा न १का वडाअध्यक्ष्य जगत बहदुर जि सिले समाजका मानिसमा चेतनाको बिकास जब सम्महुदैन तवसम्म समाज परिवर्तन नहुने बताउनु भयो । आफनो सोचलाई परविर्तन गदै सबैलाई सम्मान ब्यवहार गदै जाने हो भने समाजसुधार बल्ल मात्र हुने बताउनु भयो । कार्यक्रममा इन्द्रेणी ग्रामिण विकास नेपालका कार्यक्रम सयोजक राम बुढा मगरले कुनै पनि परिवर्तन एक्लो प्रयासले मात्र नभइ सबै स्थानिय सरकार बिभिन्न निकाय बाट यस्ता यौनिक तथा लैङ्गिक अल्पसंस्यकको पहिचान गरी उनिहरुले पाउने अधिकारको लागि सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

एक्लोलाइ साहारा दिने वृक्ष समुहको कार्यक्रम प्रमुख मनिला न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसंस्यक भनेर कसरी चिनिने उनिहरुलाइ गर्न व्यावहार राज्यले संविधानमा विभिन्न कुरा समावेश गरेता पनि कतिपय कुरालाई कार्यान्वयन नगरेको हुदा समुदायको सवाल सम्वन्धि सरोकारवाला निकायमा स्थानिय तहको कस्तो भुमिका हुनु पर्छ आगमि दिनमा अब आउने पिडिको लागि के गर्न सकिन्छ र कस्तो सहयोग गर्नु पर्छ भन्ने कुरामा रहेर अन्तक्रियमा छलफल गराउनु भएको थियो ।

त्यस्तै नव जिवन संस्था तौलिहवाको कार्यक्रम संयोजनक पे्ररणा विस्टले कपिलबस्तुमा यौनिक तथा लैङ्गिक अल्पसंस्यक धेरै संख्यामा भएको तर कतिययले समाजमा गर्न व्यावहारले खुलेर आफनो पहिचान भन्न नसकेको बताउदै यहाँको स्थानिय सरकारबाट यसको लागि पहल भएमा आगमि दिनमा काम गर्न सहज हुने बताउनु भयो । इन्द्रेणी ग्रामिण विकास नेपालको सहयोग नव जिवन संस्था तौलिहवाको आयोजनामा भएको कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंस्यक सरोकारवाला निकाय बिभिन्न संघ सस्थाकाका प्रतिनिधि लगाएतको उपस्थित नव जिवन संस्थाको अध्यक्ष्य मुस्कान क्षेत्रि अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu