Connect with us
Kapilvast Forest

रेशम चौधरीद्वारा जेलबाटै हस्ताक्षर सनाखत

२०७८, ९ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं- जनता समाजवादी पार्टी ९जसपा० को केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीले जेलबाटै हस्ताक्षर सनाखत गर्नु भएको छ । उहाँले प्रस्तावित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गर्दै हस्ताक्षर सनाखत गरेको पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभएको छ ।

 

प्रतिनिधिसभाका निलम्बित सांसद चौधरी डिल्लीबजार कारागारमा हुनुन्छ । ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका ३१ कार्यकारिणी सदस्य दर्ता प्रयोजनका लागि निर्वाचन आयोग पुग्नुभएको थियो ।

रेशम चौधरीसहित लोकतान्त्रिक समाजवादी पार्टीका १५ जना सांसदले हस्ताक्षर गर्नु भएको छ ।