Connect with us
Kapilvast Forest

सेनिटाइजर पिउँदा एक व्यक्तिको ज्यान गयो

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

file death

 

धनगढी- कैलालीमा सेनिटाइजर पिउँदा एक व्यक्तिको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१२ डी गाउँका ३८ वर्षीय टीकाराम बराइली विकको ज्यान गएको हो ।आफ्नै घरमा सेनिटाइजर पिउनु भएका विकको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सूचना अधिकारी शिवराज जोशीका अनुसार विकले भदौ ९ गते सेनिटाइजर पिउनुभएको थियो ।

त्यसपछि घरमै बस्नु भएका उहाँलाई टाउको दुख्ने समस्या भएको थियो । आफन्तले जुगेडामै रहेको कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकलमा औषधि गराएका थिए । उपचारपछि निको हुनु भएका विकलाई घर लग्दा फेरि समस्या बल्झिएको र उपचारको लागि निसर्ग अस्पतालमा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको जोशीले जानकारी दिनुभयो ।

कोभिड महामारी सुरु भएदेखि घर–घरमा सेनिटाइजर राख्ने गरिएको छ । सेनिटाइजरको सेवनले ज्यान जाने गरेकाले सचेत हुन आवश्यक छ ।
यस्तै, मोहना नदीमा बगेर बेपत्ता भएका धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका २८ वर्षीय पुरनको खोजीकार्य जारी राखिएको छ । शुक्रबार साँझ कञ्चनपुरबाट पेन्टको काम गरेर घर फर्किने क्रममा राना नदीमा बगेर बेपत्ता हुनु भएको हो ।

यसैगरी, बाँसको तामा टिप्न जाँदा बेपत्ता हुनुुभएकी बर्दगोरिया गाउँपालिका–३ खैरेनीकी ६० वर्षीया नन्दाकला रामजालीको शव कान्द्रा नदीमा फेला परेको छ । बिहीबार मोहन्याल गाउँपालिकाको तल्लापानीस्थित जङ्गलमा बासको तामा टिप्न गएकी उहाँ सोही दिनदेखि बेपत्ता हुनु भएको थियो । शुक्रबार साँझ नदीमा शव फेला परेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu