Connect with us
Kapilvast Forest

उपत्यकाका प्रजीअहरूकाे बैठक बस्दै, विद्यालय सञ्चालन बारे निर्णय हुने

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

 

काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गोरखापञ अनलाईनलाई जानकारी दिनुभयो ।

आज राति १२ बजेबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानहरुलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमूख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभएको छ । “उपत्यकाका केही स्थानीय तहहरुले विद्यालय सञ्चालन गरीरहेको अवस्था छ । आजको बैठकमा जोखिमको मुल्याङ्कन हेरेर विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा निस्कर्ष निकाल्छौँ” उहाँले भन्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu