Connect with us
Kapilvast Forest

बिजयनगरको लागि पुरीको नेतृत्वमा मुख्यमन्त्रीसँग योजना माग

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु-जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राम निवास पुरीको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारसँग योजना माग गरिएको छ । जसपा साँस्कृतिक महासंघद्वारा बुधबार चन्द्रौटामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई माग पत्र हस्तान्तरण गरिएको छ ।

कपिलवस्तुको समग्र विकासका आधारमा जिल्लाकै पछाडि परेको विजयनगर गाउँपालिका रहेको अवगत गराउँदै गाउँपालिकालाई लक्षित गरि स्वास्थ्य, शिक्षा, कृषि पूर्वाधार र समाजिक लगायतको क्षेत्रमा टेवा पुग्ने योजना तथा कार्यक्रम ल्याउन माग पत्रमा उल्लेख गरिएको छ । गाउँपालिकालाई टेवा पुग्ने जिल्ला विकास समितिबाट सञ्चालित योजनाहरुको स्वामित्व लुम्बिनी प्रदेश लिइ बाँकी अधुरा योजना प्रदेशमा समावेश गरिदिन आग्रह समेत गरिएको छ ।

माग पत्रमा प्रदेश मुख्यमन्त्री केसीलाई सम्बोधन गरि बहादुरगञ्ज झिंगह सडक खण्डमा पुल निर्माण हुनुपर्ने, जवभारी पठ्ठरदैया विरनगर सडक बन्नुपर्ने, बिजयनगरको जवबैराठ पुग्ने सडक बन्नुपर्ने, विजयनगरमा स्नातक तहको कक्षा सञ्चालनको पूर्वाधार व्यवस्थापन गर्नुपर्ने र विद्यालय शिक्षक दरबन्दी पूरा गर्नुपर्ने लगायतको माग पत्रमा उल्लेख गरिएको जसपा जिल्ला समितिका उपाध्यक्ष पुरीले जानकारी दिनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu