Connect with us
Kapilvast Forest

प्रेस संगठन कपिलवस्तको भेला सम्पन्न,बेल्वासेको संयोजक्त्वमा ३१ सदस्य कमिटि गठन

२०७८, १८ भाद्र शुक्रबारमा प्रकाशित

माधव बेल्वासे,चन्द्रौटा,कपिलवस्तु
प्रेस संगठन नेपाल कपिलवस्तुको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको गोरुसिगेमा आयोजित भेलाले अर्जुन कुमार बेल्वासेको संयोजक्तवमा ३१ सदस्य जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरिएको छ । भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज चक्रपाणी खनाल (बलदेव)ले पत्रकारहरुले निश्पक्ष रुपमा जनताको आवाज बोल्नुपर्ने बताउनुभयो ।

कुनै दल सँग आस्था राखेपनि कसैलाई विभेद नहुने गरि सुचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । संगठनमा सख्यात्मक मात्र वृद्धि नगरी गुणात्मक क्षमता सहितका पत्रकारहरु हुनुपर्ने उहाँको भनाई छ । पत्रकार महासंघ लुम्बिनी प्रदेशको नेतृत्व समेत प्रेस संगठनकै नेताले गरिरहेकोले पत्रकारहरुको क्षमता अभिवृद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व मन्त्री समेत रहनुभएका बलदेवले पार्टी विभाजन भएपछि तल्लो तहमा नया कमिटि विस्तार र पुर्नगठनको काम भईरहेको बताउनुभयो । वैठक,पार्टी, संविधान केहि मान्दैन भनेपछि केपि ओली विरुद्ध आफुहरु लागेको र ओलीकै कारणले कम्युनिष्टहरु अहिले छुटिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । नेकपा माओवादीका जिल्ला संयोजक विष्णु शाहले पत्रकारीता स्वच्छ र मर्यादित सहित पत्रकारिता गर्न सुझाव दिनुभयो । प्रेस संगठन कपिलवस्तुले गरेका कामहरु प्रति सकारात्मक रहेको बताउँदै खोजमुुलक समाचार सहित सुचना प्रवाह गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहाकार मानसिह विकले नेपाली पत्रकारीता जगतकै कारण अहिलेको परिस्थित आएको बताउनुभयो । विभिन्न आन्दोलनमा पत्रकाहरुको भुमिका उल्लेखनिय रहेको बताउँदै समाज परिर्वतनमा पत्रकारहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । संगठनका प्रदेश संयोजक समेत रहनुभएका विकले प्रदेशका सबै जिल्लाहरुमा अव संगठन विस्तार र पत्रकारहरुको क्षमता वृद्धिमा आफु लागिपर्ने बताउनुभयो ।

नेकपा माओवादि वुद्धभुमि नगरकमिटिका सचिव वसन्त गिरीले स्थानिय तहमा भएका अनियमिततालाई पत्रकाहरुले लेख्नुपर्ने बताउनुभयो । प्रेस संगठन जहिले पनि नेतृत्वममै रहेकोले सगठनमा आवद्ध सबैलाई समेटनुपर्ने बताउनुभयो । उहाँले पाटीले गरेका कृयाकलापहरुलाई जनतासम्म पुर्याउन पत्रकाहरुको मुख्य भुमिका रहनेमा जोड दिनुभयो । त्यस्तै प्रेससंगठनले प्रत्येक वर्ष दिदै आएको सिपि शर्मा युवा पत्रकारीता पुरस्कार पत्रकार अर्जुन बेल्वासेलाई प्रदान गरिएको छ । नगद १५ हजार सहित दोसल्ला ओढाएर बेल्वासेलाई सम्मान गरिएको हो । कार्यक्रममा नेकपा माओवादीका प्रदेश कमिटि सदस्य रुद्रलाल बन्जाडे,जिल्ला सचिवालय सदस्य नारायण भुसाल,सरोज खनाल लगाएत संगठनमा आवद्ध पत्रकारहरुको सहभागित रहेको कार्यक्रम जिल्ला समयोजक डिलाराम भुसालको अध्यक्षता मा सम्पन्न भएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu