Connect with us
Kapilvast Forest

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

pakrau fiture

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका(१६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेललाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले गजुरेललाई ७ दिन कैद र १३ लाख ५० हजार जरिवाना सुनाएको थियो ।ब्यूरोले महाराजगञ्जबाट खटिएको प्रहरीले गजुरेललाई बालाजु शेषमतीपुल काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका गजुरेललाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर हाम्रो विकास बैंकको चेक आ(आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ ग बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu