Connect with us
Kapilvast Forest

कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

पाल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पृष्पकमल दाहाल प्रचण्डले परिवर्तन र क्रान्तिका लागि मुलुकमा कम्युनिष्ट एकताको पक्षमा झण्डा उठाउने बताउनु भएको छ । नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउने उहाँको भनाइ छ ।

माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सोमबार सम्बोधन गर्दै प्रचण्डले डा। बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्द(विप्लव) र उपेन्द्र यादवसँग एकताका विषयमा सकारात्मक छलफल भइरहेको समेत उहाँले बताउनु भयो ।

देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने भन्दै उनले माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको बताउनु भयो । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई आगामी दिनमा अगाडि बढाउने प्रचण्डको भनाइ छ ।उहाँले नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय प्रतिवेदन भएको दाबी समेत गर्नु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu