Connect with us
Kapilvast Forest

एमाले रोजे सुनारको पद जाने

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

नवराज पौडेल ,कपिलवस्तु-
शिवराज नगरपालिका कार्यापालिका सदस्य निर्मला सुनारको नैतिकतामै प्रश्न उठेको छ । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा वडा सदस्य पदमा हारेकी शिवराज नगरपालिका को कार्यपालिका मा मनोनित सुनार ले १ दिन नवित्दै कुरा परिवर्तन गर्दा उनको नैतिकता के भन्ने प्रश्न उठेको हो ।

मङगलबार निर्वाचन कार्यालय पुगी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेर आएको १ दिन नपुग्दै अरुको परिवन्धनमा बाधिंएर सनाखत गरेको भन्दै आज उनले विज्ञेप्ती जारी गरेकी छिन । मङगलबार पत्रकार संग कुरा गर्दै एकीकृत समाजवादीमा सनाखत गरेको बताएकी थिइन । आफ्नो राजनितिक अभिभावक महोमद अब्दुल रउफ रहेको र उहां एकीकृत समाजवादीमा नै रहेकोले आफु उहांकै लाइनमा रहेको बताएकी छिन ।

बुधबार एकाएक विज्ञप्ती निकाल्दै आफु नेकपा एमाले मा नै रहेको जनाएकी छिन । केही व्याक्तीको परिवन्धनमा परि निर्वाचन आयोग पुर्याइएको दावि गरेकी छिन यता निवाचन कार्यालय कपिलवस्तुले भने सुनार एकीकृत समाजवादीमै रहेको पुष्टी गरेको छ । निर्वाचन अधिकृत ज्ञानुराम पन्थीका अनुसार अव फिर्ता लिन नमिल्ने बताउनु भयो ।

“हिंजो सनाखतको लागी आउनु भएको थियो, हामी सोचेर मात्र निर्णय गर्नुस भनेका थियौं पन्थीले भन्नु भयो “उहा आधिकारिक रुपमै एकीकृत समाजवादीमा हुनुहुन्छ, । अव नेकपा एकीकृत समाजवादीले सुनारलाई कारवाही गरेमा कार्यापालिका सदस्य पद जाने निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।