Connect with us
Kapilvast Forest

नेकपा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधि बढे

२०७८, २४ भाद्र बिहीबारमा प्रकाशित

 

स्याङ्जा- स्याङ्जाका सात जना जनप्रतिनिधिले नेकपा (एस) रोजेका छन् । नेकपा एमाले विभाजन भएर नेकपा (एस) बनेपछि जिल्लाका सात जनप्रतिनिधिले नेकपा (एस) रोजेका हुन् ।
आँधीखोला गाउँपालिकाकी उपाध्यक्षसहित एमालेका सात जना जनप्रतिनिधिले नेकपा (एस) रोजेका हुन् । नेकपा (एस) स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईका अनुसार आँधीखोला गाउँपालिका–२ का वडाध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली, विन्दु विक, पुतलीबजार नगरपालिका–४ का वडा सदस्य एवं जिल्ला समन्वय समितिका सदस्य गुमानसिंह थापा, वडा सदस्य डोलराज गौतम र हरिनास गाउँपालिका–७ का वडा सदस्य ऋषिराम लम्सालले नेकपा (एस) रोजेका छन् ।

पर्वत समाचारदाताका अनुुसार एमालेका एक वडा अध्यक्षसहित दुुई जनाले मात्रै समाजवादी रोजेका छन् । सनाखत गर्ने अन्तिम दिन एमालेबाट निर्वाचित स्थानीय तहका दुुई जना जनप्रतिनिधि मात्र समाजवादी पार्टीमा आबद्ध भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माका अनुसार कुश्मा नगरपालिका–१४ का वडाअध्यक्ष भीम गुरुङ र फलेवास नगरपालिका–४ मुडिकुवाका वडा सदस्य बालचन्द्र नेपालीले समाजवादी पाटी रोजेका हुन् ।

गलकोट समाचारदाताका अनुुसार स्थानीय तहमा नेकपा एमालेको सूर्य चिह्नबाट निर्वाचितमध्ये तीन जना वडाध्यक्षसहित सात जनाले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिका–२ का वडाध्यक्ष जीवन आचार्य, काठेखोला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर श्रीस, ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरिबहादुर घर्तीले नेकपा (एस) पार्टीमा सनाखत गरे । बागलुङ नगर कार्यपालिका सदस्य सीता थापा, जैमिनी नगरपालिका कार्यपालिका सदस्य बलबहादुर नेपाली, ढोरपाटन नगर कार्यापालिका सदस्य सदस्य यामु कामी र बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेलले नयाँ पार्टी रोज्नुभएको हो ।

लेखनाथ समाचारदाताका अनुुसार नेकपा एमालेबाट निर्वाचित कास्कीका चार जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी (एस) रोज्नुभएको छ । नेकपा एमाले विभाजन भएर गठन भएको नयाँ दल एसमा कास्कीका पाँच स्थानीय तहका चार जनाले मात्रै नयाँ दलका लागि सनाखत गर्नुभको हो । एकीकृत समाजवादीमा सनाखत गर्नेहरूमा कास्कीको रुपा र मादी गाउँपालिकाका एकएक जना र माछापुच्छ«े गाउँपालिकाका दुई जना हुनुहुन्छ । यता पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा भने एकीकृत समाजवादी शून्य बनेको छ । कास्कीको रुपा गाउँपालिका–५ का वडा सदस्य दामोदर घिमिरे, मादी गाउँपालिका–११ का रणबहादुर लामा, माछापुच्छ«े गाउँपालिका–७ का बाबुराम भण्डारी र माछापुच्छ«े–८ का लालबहादुर परियारले एकीकृत समाजवादी रोज्नुभएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu