भारतमा डुङ्गा दुर्घटनामा ६० जना बेपत्ता
एजेन्सी-भारतको असमको ब्रह्मपुत्र नदीमा दुई यात्रुवाहक डुङ्गा ठोक्किएका छन।भारतको उत्तरपूर्वी राज्य असमको ब्रह्मपुत्र नदीमा दुई यात्रुवाहक डुङ्गा एक आपसमा ठोक्किँदा कम्तीमा ६० जना यात्रु बेपत्ता भएको अधिकारीहरुले बताएका छन्।
असमको राजधानी गुवाहाटीबाट ३५० किलोमिटर टाढा राज्यको जोरहाट जिल्लामा निमाटी घाट नजिक एक सय यात्रु बोकेका दुई डुङ्गा एक आपसमा ठोक्किए।अहिलेसम्म, लगभग ३० जनालाई उद्धार गरिएको छ। एउटा डुङ्गा नदीमा डुबेको छ। त्यहाँ उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीले जनाएका छन।
असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले ट्वीट गर्दै जोरहाट प्रशासनका अधिकारीहरुलाई उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिएका छन्।