प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद बैठक आवहान
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाले शुक्रबार विहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउनु भएको हो ।
सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनु भयो ।उहाँले भन्नु भयो , ‘आज बैठकमा पनि सरकारका नियमति काम कारबाही नै एजेण्डा छन् । यो नियमति बैठक हो । त्यस्तो अन्य केही छैन ।’
विहान ९ बजेबाट गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बस्दै छ ।