प्रचण्ड भेट्न एमसीसी उपाध्यक्ष खुमलटारमा
काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुग्नु भएको छ । केहीबेर अघि उहाँप्रचण्ड भेट्न खुमलटारस्थित निवास पुग्नु भएको हो ।
प्रचण्डसँग भेटेर उहाँले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्नुहुने छ ।हिजो नेपाल आएर उहाँले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गर्नु भएको थियो भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गर्नु भएको थियो । आजै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैहुनुन्छ ।