Connect with us
Kapilvast Forest

१०८ औ बिपि जयन्ती, कांग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड

२०७८, २४ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु –जननायक तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बिपि कोईरालको १०८ औ जयन्तीका अवसरमा कांग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड दिइएको छ । कांग्रेस कपिलवस्तुद्धारा बिपि जयन्तीका अवसरमा तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित अन्तरक्रियाका बक्ताहरुले नेता कार्यकर्ताहरुले आफनो ब्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

सो अवसरमा काग्रेस कपिलवस्तुका नेता तथा पुर्वमन्त्री दीप कुमार उपाध्यायले कांग्रेस ब्यक्तिगत र गुटगत स्वार्थमा लाग्दा कमजोर भएको बताउनु भयो । उनले संगठन बिधि बिधान अनुसार चल्नु पर्ने र त्यागको भावना समते राख्नु पर्ने बताउनु भयो । आसन्न कांग्रेसका अधिबेशनलाई एकतका अधिबेशन बनाउनु पर्ने उहाँले बताउनु भयो ।

अहिले पार्टीका अधिबेशनमा बिवाद गरिए त्यसले आउने स्थानीय तहको निर्वाचनमा ठुलो असर गर्ने बताउनु भयो । सो अवसरमा पार्टीको आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंहले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो । उहाँले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि बिपि कै ठुलो योगदान रहेको चर्चा गर्नु भयो । उहाँले २०१७ सालका बिपिको निर्वाचित सरकारलाई हटाएर राजा महेन्द्रले पंचायती ब्यवस्था लागु गरे पनि बिपिको ब्यक्तित्व र बिचारलाई कदर गर्ने गरेको बताउनु भयो । ‘

बिपिको बिचार, ब्यक्तित्व र सादगी बर्तमान परिबेशमा पनि सान्दर्भिक छ ’ उहाँले भन्नु भयो । पार्टी सभापति सुरेन्द्रराज आचार्यले बिपिको राष्ट्रियता, प्रजातन्त र समाजबाद तथमा मेलमिलापको नीति अहिलेको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले बिपिले कांग्रेस कमजोर भएर प्रजातन्त्र समेत कमजारे हुने भनेको कुरा सही साबित भएको चर्चा गर्दा पार्टी बिपिको सिद्धान्तले चले धेरै समस्या टर्ने बताउनु भयो ।

बिपिको सिद्धान्त अनुसार समाजमा भेदभाव, अन्याय र बिभेदलाई त्याग्नु पर्ने बताउनु भयो । उहाँले चौधो महाधिबेशनकाक्रममा जिल्लामा हुने निर्वाचनमा आफुले अन्तिम समय सम्म सहमितको प्रयास गर्ने बताउनु भयो । उहाँले पार्टीमा पुराना नेताहरुको सम्मान र नयाहरुलाई समेत उचित स्थान हुनु पर्ने बताउनु भयो । पुर्व पार्टी जिल्ला सभापति राजशे आचार्यले बिपिको बिचारलाई बिर्सदै गएकाले अहिले पार्टीकामा धेरै समस्या उत्पन्न्न भएको बताउनु भयो । राष्ट्रियता, प्रजातन्त्र, समाजबाद तथा मेलमिलापको नीतिलाई अंगालिएर पार्टी बलियो हुने उहाँले बताउनु भयो ।

पार्टीको अध्यक्ष पदका प्रत्यसा समेत रहेको उनले आफु पनि समहतिको बाधक नरहेको तर पार्टीमा त्याग गरेकाहरुको समते उचित सम्मान हुनु पर्ने बताउनु भयो । पार्टी सभापति आचार्यको अध्यक्षता, प्रेम बहादुर रायमाझीको संचालनमा भएको कार्यक्रममा नेता कमलेश कुमार शर्मा पुर्व पार्टी सभापति सुधारक पाण्डेय, पार्टीको सचिव मेहेन्दु पाठक, अब्दुल कलाम खा, रामआषिष पाण्डेय,,शोहरत तेली पदम प्रसाद खनाल, ओजी अर्सद, रिना नेपाल पुवृ सचिव सुरेश शर्मा लगायतले मन्तब्य दिनु भएको थियो ।यस्तै बिपि जयन्तीमा कपिलवसतुको शिवराज, बुद्धभुमी, बाणगंगा नगरपालिकामा समेत बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu