एमालेलाई नै सुदृढ बनाउनु मुलुक र जनताको हितमा छ : नेता गैरे
कपिलवस्तु –नेकपा एमाले लुम्बिनी प्रदेशले सर्वसम्मत १० बुदे कार्यान्वयन गर्दै जेठ २ मा फर्किने निर्णय गरेर अर्घाखाँची जिल्लामा नेकपा (एमाले) जिल्ला कमिटीका सबैले २०७५ जेठ २ पुर्वको जिम्मेवारी प्रदान गरेपछि यस अघि पार्टी लाई विधि पद्धतिमा चलाउनुपर्ने एजेन्डा बोक्दै अंतरसंघर्षमा रहेका एमाले अर्घाखाँचीका उपसचिव प्रेमनारायण गैरे र उपाध्यक्ष जीवनारायण कोइराला लगायता नेता पार्टी एकताको पक्षमा सक्रिय बन्ने संकेत दिएका छन् ।
प्रदेश कमिटीको निर्णय पछि एमाले जिल्ला कार्यालय अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न बिस्तारित बैठकले जिल्ला कमिटीका सबैलाई २०७५ जेठ २ पुर्वको जिम्मेवारी दिएको थियो जसमा एमाले जिल्ला उपाध्यक्ष कोइराला र जिल्ला उपसचिव गेरे र कोइराला समेत सहभागी रहेका थिए ।
बैठकमा सहभागी भएपछि एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरेले पार्टी बिभाजन आफुहरुको लक्ष्य उद्देश्य र एजेन्डा कहिल्यै नबनेको बताउदै पार्टी लाई बिधि पद्धतिमा चलाउ भन्ने आग्रहमा केही समय अंतरसंघर्ष चलेपनि १० बुदे सहमति र त्यसको सर्वसम्मत कार्यान्वयन पछि पनि बिभाजनको कुरा गर्नु बेठिक हुने भन्दै पार्टी बिभाजन तर्फ नलाग्न र एमाले लाई एकतावद्ध बनाएर लैजाने अभियानमा जोडिन सबै नेता कार्यकर्ता लाई आग्रह गर्नुभयो ।
पार्टी बिभाजनमा लागेका लाई समेत पार्टीमा फर्किएर पार्टी र कार्यकर्ताले दिएको जिम्मेवारी पुरा गर्नु नै मुलुक र जनताका लागि हितकर हुने उपाध्यक्ष जीवनारायण कोइरालाले बताउनुभयो । उता एमाले जिल्ला कमिटी अर्घाखाँचीले पनि पाटी विभाजनतिर नलाग्न एमाले नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।
जिल्ला पार्टीले गलत बाटो छाडेर मुल घरमा फर्कि आफ्नो पुरानै यथावत जिम्मेवारीमा फर्कन भनेको छ । एमालेको सन्धिखर्कमा बसेको विस्तारित बैठकले विशेष प्रस्ताव पारित गर्दै विभाजनको गलत बाटोमा नलागी लाखौं कार्यकर्ताको मेहनतबाट बनेको पाटी नेकपा एमालेमा गोलबद्ध भएर लाग्न कार्यकर्तालाई अनुरोध गरेको हो ।
नेकपा (एमाले) बाट विभाजित भएर अलग्गै पार्टीमा जाने बाटोमा लाग्नु भएका नेता कार्यकर्तालाई मुलुकका सामु उपस्थित असाधारण सम्भावना र चुनौतिप्रति संवेदनशील हुँदै पार्टीको काधमा आएका ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै, असफलता बाहेक अरु कुनै विकल्प नभएको त्यस्तो गलत र हानिकारक बाटोमा नलाग्न र बाटो लागेकाहरु छाडेर पार्टी एकतामा आवद्ध हुन, मूल घरमा आफ्नो पूर्ववत जिम्मेवारीमा फर्कन हार्दिक अपिल गरेको छ ।
साथै, विभाजनकारी गतिविधिबाट अलग भएर पार्टी एकतामा योगदान गर्ने नेता कार्यकर्तालाई पार्टीमा हार्दिक स्वागत गरिने र यस अघिका कुनैपनि क्रियाकलापहरुलाई लिएर पूर्वाग्रह नराखिने र विना भेदभाव पार्टीमा स्वागत गरिने कुराको स्पष्ट पारेकाे एमालेले जनाएको छ ।
बैठक एमाले अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता भएको बैठकमा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता,प्रदेश संगठन कमिटी सचिवालय सदस्य रामजी घिमिरेको विशेष आतिथ्यता र प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री,जनार्दन खनाल,कुटमदिन अलि,जिल्ला कमिटी उपाध्यक्ष जीवनारायण कोइराला,उपसचिव प्रेम नारायण गैरे समेतको आतिथ्यता रहेको थियो ।