वनरक्षकका लागि पौडिने क्रममा डुबेर एक युवकको मृत्यु
तुलसीपुर – वनरक्षकका लागि बबई नदीमा अभ्यास गर्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । राप्ती गाउँपालिका ८ पिपरीका १८ वर्षीय आशिष चौधरीको दंगीशरण गाउँपालिका ३ झुलुङगे पुल नजिकै बबई नदीमा पौडिने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनु भयो ।
‘मृतक युवक शुक्रबार दंगीशरणमा रहेको साथीको घरमा गएका थिए । वनरक्षकका लागि फर्म भरेको रहेछन् । त्यसका लागि रुखमा चढ्नुपर्ने र खोला तर्नुपर्ने रहेछ,’ डिएसपी अर्यालले भन्नु भयो ‘साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएछ ।’ शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।