Connect with us
Kapilvast Forest

रेडपाण्डाका छालासहित पक्राउ

२०७८, ४ आश्विन सोमबारमा प्रकाशित

pakrau fiture

जाजरकोट- प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

रेडपाण्डाको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलमा ल्याएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।

परियारले रेडपाण्डाको ४२ इन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान फेला परेको नायब उपरीक्षक थापाले बताउनुभयो । पक्राउ परेका परियारबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu