चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
बागलुङ-जिल्लाको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली रहनु भएको छ । उहाँहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिनु भएको छ ।