Connect with us
Kapilvast Forest

आउँदाे चुनावमा प्रचण्डसँग चुनाव लड्न तयार छु :बादल

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ ।

नेता बादलले आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिनुभयो । शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

नेता बादलले पुष्पकमल दाहाल पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र देशकाे समृद्धिको विरोधी लाइनमा लागेको आरोपसमेत लगाउनुभयो ।नेता थापाले सभामुख अग्निप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।अर्काे प्रसङ्गमा उहाँले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu