नेकपा एकिकृत समाजवादीको महाराजगंज ५ मा वडा कमिटि गठन
कपिलवस्त-नेकपा एकिकृत समाजवादी पार्टी कपिलवस्तुले महाराजगंज नगरपालिका वडा ५ उदयपुरमा वडा कमिटि गरेको छ । जसको अध्यक्षमा बास अलि,उपाध्यक्षमा संजन यादव,सचिव चन्द्र प्रकाश पासी,उपसचिवमा राम बहादुर कहार सहित १७ सदस्य समिति गठन गरिएको छ ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष लंका बहादुर हमालले कपिलवस्तुका सबै वडा नगरहरुमा कमिटि विस्तारको अभियानमा लागेको बताउनुभयो । कतिपय वडाहरुमा गठन भइसकेको र कतिपयमा वाकि रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा दलित मुक्ति समाज केन्द्रिय उपमहासचिव मिना परियार,शिवराज नगर अध्यक्ष सरोज पौडेल ,जिल्ला सहसचिव ओम प्रकाश कुर्मीको सहभागिता रहेको थियो ।