जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ: प्रधानमन्त्री देउवा
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताउनु भएको छ ।प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोधसमेत गर्नु भएकोछ ।
जितिया पर्वको अवसरमा देश(विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना दिंदै प्रधानमन्त्रीले नेपाली संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको उल्लेख गर्नु भएको । त्यसमध्ये जितिया पनि एक भएको उहाँको भनाइ छ ।
साथै जितिया पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उहाँले विश्वास व्यक्त गर्नु भएको छ । उहाँले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेकोसमेत बताउनु भयो ।