रोल्पामा भिरबाट लडेर एक वर्षमै २५ जनाको ज्यान गयो
राेल्पा – राेल्पामा भिरबाट लडेर याे वर्षमात्रै २५ जनाकाे ज्यान गएकाे छ ।भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ ।
विभिन्न ठाउँमा भएका अलग/अलग घटनामा २५ जनाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।
यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट लडेर चार जनाको ज्यान गइसकेकाे छ।
ज्यान गुमाउनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएकाे छ । घाँस दाउरा र मेलापात गएकाहरूकाे समेत भिरबाट लडेर ज्यान जाने गरेकाे छ।