Connect with us
Kapilvast Forest

एमालेमा वरिष्ठ उपाध्यक्ष र एक उपमहासचिव पनि हुने

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं -नेकपा (एमाले) मा अब वरिष्ठ उपाध्यक्ष पनि हुने भएका छन्। ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष थप्ने विधान पारित भएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनु भयो ।

उनका अनुसार एमालेमा अब एक जना अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव हुनेछन्। यसअघि एमालेमा उपमहासचिव हटाउने प्रस्ताव गरिएको थियो। अहिले एमालेमा दुई जना उपमहासचिव छन्।

एमाले केन्द्रीय सदस्य हुन पार्टीको सदस्यता लिएको १० वर्ष हुनुपर्ने तर महिला र दलितको हकमा ७ वर्ष भए पनि पुग्ने पौडेलले जानकारी दिए।

उहाँका अनुसार एमालेमा अब केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय र पोलिटब्युरोको संरचना हुने छ।स्थायी कमिटी ४५ सदस्यीय हुनेछ भने १५ भन्दा धेरै पदाधिकारी हुने छन। केन्द्रीय कमिटीमा २२५ जना हुने पौडेलले जानकारी दिनु भयो।विभिन्न प्रतिवेदन पारित भएसँगै आजै एमालेको पहिलो विधान महाधिवेशन सकिनेछ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu