Connect with us
Kapilvast Forest

पूर्वफिफा रेफ्री लव खत्रीको निधन

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

इलाम-पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ। ललितपुरको नख्खुस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो।घरेलु फुटबलका चर्चित रेफ्रीमध्येका ५० वर्षीय खत्री सोमबार बिहान मर्निङवाकबाट फर्केपछि बाथरुम छिरेको र त्यही लडेर अचेत भएपछि अस्पताल लगिएको अखिल नेपाल फुटब संघका पूर्वसहायक महासचिव वसन्त अर्यालले जानकारी दिनु भयो ।

खत्रीले ए डिभिजन क्लब थ्रीस्टार, जावलाखेल र फ्रेन्डस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए। उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए। करिब डेढ दशक रेफ्रीको भूमिकामा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा देखिएका खत्रीले उमेर हदका कारण सन् २०१८ मा फिफा रेफ्री छाड्न परेको थियो। पछिल्लो समय उनी रेफ्री इन्स्ट्रकरका रुपमा सक्रिय थिए।

उनको शवलाई अन्तिम श्रद्धान्जलीका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिने एन्फाले जनाएको । उनकी श्रीमती र एक छोरा छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu