अमेरिकी राष्ट्रपति र चिनियाँ समकक्षीबीच छलफल
एजेन्सी-अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिङफिङसँग छलफल गरेका छन्। चीन र ताइवानबीच तनाव चर्किरहेका बेला बाइडेनले ताइवानबारे सीसँग छलफल भएको छ ।
‘मैले ताइवानबारे सीसँग कुरा गरेको छु’, ह्वाइट हाउसमा पत्रकारले पत्रकारसँग कुरा गर्दै बाइडेनले भन्नु भयो , ‘ताइवान सहमतिलाई पालना गर्नेबारे हामी सहमत छौं र उहाँले सहमतिबाहेक अन्य कुरा गर्न नहुने भनेर प्रस्ट बताएका छौं।’
चीनले सोमबार ताइवानी आकाशमा हालसम्मकै धेरै सैनिक जहाज उडाएको थियो। त्यसपछि बाइडेनले सीसँग यसबारे छलफल गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गर्नु भएको छ ।
ताइवानले चीनको पछिल्लो व्यवहार उक्साहटपूर्ण भन्दै निन्दा गरेको छ। यसअघि ताइवानी राष्ट्रपति त्साई इङ वेनले आफ्नो देशलाई चीनले कब्जा गरे एसियाको शान्ति र लोकतन्त्रमा विनाशकारी परिणाम आउने चेतावनी दिनु भयो । यसको जवाफ दिँदै चीनको ग्लोबल टाइम्सले वेन र उहाँको दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवानको लोकतन्त्रलाई ‘अतिवादी विचारधारा’मा परिणत गरेको जनाएको छ।