Connect with us
Kapilvast Forest

न्याय खोज्दै हिँडेको बाँकेको टोली २० दिनको पैदल यात्रापछि काठमाडौं पुग्यो

२०७८, २३ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं-सधैं राजनीतिक प्रदर्शन हुने माइतीघर मण्डलामा शुक्रबार बेग्लै खाले धर्ना थियो । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा न्याय खोज्न नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीको यो धर्ना अघिपछिको भन्दा बेग्दै थियो ।

यी दुई घटनाको सही छानाबिन नभएको गुनासो सिंहदरबारलाई सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाडौं आइपुग्नुभएको हो ।

उहाँहरू बिहान ११ बजेतिर माइतीघर मण्डलामा आइपुग्न भएको थियो । लामो यात्रापछि खुट्टाभरी फोका र थकेका अनुहार लिएर माइतीघर मण्डला छेउमा ब्यानर बोकेर उभिनुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu