Connect with us
Kapilvast Forest

विजयनगरमा बेवारिसे शव फेला

२०७८, ४ कार्तिक बिहीबारमा प्रकाशित

death

कपिलवस्तु –कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ५ पिपरीमा बेवारिसे शव फेला परेको छ । गाउँपालिकाको वडा न . ५ बनगाइको बाटो नजिकै रहेकोे खाल्डोमा मृत अवस्था फेला परेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिनु भएको छ ।

मृतकको पहिचान नखुलेको र शव पोस्टमार्टम को लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको बिष्टले बताउनु भयो ।विहिबार विहान साढे ६ बजे प्रहरीले थाहा पाएपछि घटना स्थलपुगेको हो । सो घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।