Connect with us
Kapilvast Forest

शिवराजमा १० हजार बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

 

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाले आइतबार र सोमबार गरेर आफ्नो नग भित्र १० हजार ८७ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत नगरपालिकाकाले यो लक्ष्य राखेका शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्राईले जानकारी दिनु भयो ।

आज शिवराज नगर भित्रका सबै वडामा ११४ केद्रबाट ५  हजार पाँच सय बालबालिकाहरुलाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको स्वास्थ्य शाखा प्रमुख भट्राईले बताउनु भयो ।
नगरपालिकाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम चलाउन ११४ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेका उहाँले  बताउनु  भयो ।

आज र भोलि संचालनहुने कार्यक्रमबाट नगरको उक्त लक्ष्य पुरा हुने विश्वाश ब्यक्त गर्नु भयो ।
नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थय सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई शिवराज नगरपालिका नगर पमुख नेत्रराज अधिकारीले आग्रह गर्नु भयो ।

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ’ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu