माओवादी केन्द्र समाजवादीले एमसिसी खारेजीका लागि आमसभा गर्ने
काठमाडौं – कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आगामी मंसिर ४ गते काठमाडौंमा ‘एमसिसी सम्झौता खारेजी अभियान अन्तर्गत आमसभा गर्ने भएको छ।आज (आइतबार)पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष कर्णजित बुढाथोकी (सुशील) ले आमसभा गर्ने जानकारी दिनु भयो ।
उहाँले एमसिसी सम्झौता खारेजी अभियानलाई सघाउन आमसभामा सहभागी हुन सबैसँग आग्रह गर्नु भयो । उहाँले भन्ु भयो ‘राजनीतिक जनपरामर्श सम्मेलन र कम्युनिष्ट सम्मेलन आयोजनाको दबाब सिर्जना गर्न विशाल आमसभा गर्ने निर्णय गरेका छौं, सबैजना सहभागी भइदिनु होला।’
अध्यक्ष बुढाथोकीले आमसभा सफल पार्न सबैसँग अनुरोध गर्नु भउको छ । आमसभाको तयारीको लागि आफ्नै नेतृत्वमा ४ सय ९१ मूल व्यवस्थापन समिति, केन्द्रीय सचिवालय र विभागहरू गठन गरेको जानकारीसमेत दिनु भयो ।