६१ वर्षमा पाए नागरिकता
लहान-सिरहा सुखीपुर नगरपालिका( ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिनुहुन्छ । जीवनको उत्तरार्द्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि च्याउरी र ख्याटे परेको सदायको अनुहारमा ६१ वर्षपछि बल्ल खुसी फर्किएको छ।उहाँल भन्नु भयो नागरिकता पाउने आश मारिसकेको थिएँ। ६१ बसन्त पार गरेपछि बल्ल नागरिकता पाएकोमा औधी खुसी लागेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सदायलाई वंशज नागरिकता प्रदान गर्नु भएको थियो ।नागरिकताका लागि पटकरपटक जिल्ला प्रशासन कार्यालय धाउँदै आए पनि विभिन्न बहानामा नागरिकता पाउनसकेको थिइनँ,सदायले भन्नु भयो अहिले आएर बल्ल नागरिकता पाएकोमा असाध्यै खुसी लागेको छ।बुढेसकालमा बल्ल नेपाली नागरिक भएको अनुभूति भइरहेको सदायको भनाइ छ।
ुनागरिकता नहुँदा राज्यको हरेक सेवासुविधा पाउनबाट बञ्चित थिएँ सदायले भन्नु भयो घरको मूल व्यक्ति मै हुँ मेरो नागरिकता नहुँदा श्रीमती र छोराछोरीकोसमेत नागरिकता बन्न सकेको छैन।
बल्ल आफ्नो नागरिकता बनेपछि अब श्रीमती र छोराछोरीको नागरिकता बनाइ दिने सदायको भनाइ छ।गाउँमा दलितका लागि आउने सेवा–सुविधा पाउन नसकेपछि बल्ल नागरिकताको महत्व बुझेका सदाय नागरिकता बनाउन धुप्रै ठाउँमा गुहारेको दुखेसो सुनाउनु भयो ।
पहिला(पहिला नागरिकताको विषयमा राम्ररी बुझेको थिइनँ सदायले भन्नु भयो गाउँमा विभिन्न सङ्घ संस्थाले दलित परिवारका लागि राहत लगायतका सेवा सुविधा लिएर गाउँमा आउथ्यो, तर आफूसँग नागरिकता नहुँदा ती सेवा–सुविधाबाट बञ्चित हुनुपरेको थियो।अनि बल्ल नागरिकता बनाउने चेतना आफूमा आएको सदायको कथन छ।
आफ्नो देशभित्रै पनि गैर नेपालीको व्यवहार खेप्दै आएका सदायले नागरिकता बनाइदिन नेतादेखि विभिन्न सङ्घ संस्थाका अगुवालाई गुहारेको तर नागरिकता बन्न नसकेको विगत सम्झिँदै अहिले नागरिकता पाएपछि आफू नेपाली भएको गर्व महसुस भइरहेको बताउनु भयो ।
निर्वाचनको समयमा आफ्नै वडाका धेरै व्यक्तिले जनप्रतिनिधि छनोट गर्न मत दिइरहँदा टुलुटुल हेरिरहने सदायले नागरिकता पाएसँगै नजिकैको निर्वाचन कार्यालयमा पुगेर मतदाता परिचयपत्रका लागि फोटो समेत खिचाएको जानकारी दिनु भयो ।
अहिलेसम्म अरूले मत खसालेको देखेको मात्रै थिएँ, उहाँले भन्नु भयो अब आफू पनि मत खसालेर चाहेको जनप्रतिनिधि चुन्न पाउने भएको छु।ुआगामी निर्वाचनमा योग्य जनप्रनिनिधिको पक्षमा मतदान गर्ने उहाँको भनाइ छ।
उहाँलाई अशिक्षित भएकामा त्यति पश्चातापमा नरहेका सदायलाई नागरिकताको अभावमा जन्मदत्र्ता गराउन र छोराछोरीलाई पढाउन नसकेकोमा पश्चाताप लागेको छ।मेरो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता बनाउन सकिएन,ु उहाँले भन्नु भयो भयो विद्यालयमा भर्ना हुन जन्मदर्ता चाहिन्छ, छोराछोरीको जन्मदर्ता नुहुँदा विद्यालयमा भर्ना हुनसकेनन् र कुनै पनि छोराछोरीले पढ्न नपाएको दुखेसो पोख्नु भयो ।पढ्न नपाएका छोरा मजदूरी गरेर परिवार पाल्दै आएको उहाँले बताउनु भयो ।