Connect with us
Kapilvast Forest

फेसबुकमा पत्र लेखेर सामाजिक अभियन्ता बास्तोलाद्वारा आत्महत्या

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

पोखरा-पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका श्रीप्रसाद बास्तोलाले आज आफ्नै घरमा आत्महत्या गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै उनले पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भन्दै आज आफैँ पनि चैट हुनुपरेको लेखेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार हिजो राति आफ्नै घरमा उनलाई झुण्डिएको अवस्थामा भेटिएको हो । प्रवक्ता हमालका अनुसार मृतकका भाइले अन्तिम संस्कारका लागि प्रहरीमा निवेदन दिएका छन् ।

हिजो राती ३ः३० मा सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई फसाउन प्रपञ्च गर्ने व्यक्तिहरुको नामसहित उल्लेख गरेर श्रीमप्रसादले आत्महत्या गर्न लागेपछि अमेरिकामा रहेकी उनकी दिदीले त्यो स्टाटस देखेर तुरुन्तै नेपालमा रहेका भाइलाई खबर गरेकी थिईन् । भाइको घरभन्दा अलि पर रहेका दाइको घरमा पुगेर तत्कालै खोज्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले आत्महत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने जनाएको छ । उनले आफ्नो मृत्युपछि लास नजलाउन र गाडिदिन तथा किरियामा कोही नबस्न समेत भनेका छन् । साथै उनलाई फसाउन गरिएका षडयन्त्र र मतियारहरुको नाम समेत स्टाटसमा उल्लेख गरेका छन् ।

आत्महत्या गर्नुअघि श्रीप्रसादले फेसबुकमा लेखेको स्टाटस 

१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम
देशको बाताबरण गर्ने होईन, मर्ने बनाउने खालको छ ।
पैत्रिक सम्पति, घर, खेत, जग्गा, सुन, गहना, स्कूल, सबै चैट ।
आज आफै चैट ।

लज्जा देख्नुभन्दा, अस्ताउनु बेश
छलकपटकी श्रीमती सृजना घिमिरे
मेरो लाश नजलाउनु,गाडिदिनू । मेरो किरीया कोहि नबस्नू
मैले तिर्ने काम प्राय सबै गरे
अरु श्रीमतीसँग लिनुहोला ।

प्रहरी प्रधान कार्यालय
काठमाडौं ।

विषय : गम्भीर षडयन्त्र सम्बन्धमा/फसाउने प्रपन्च गरिएको सम्बन्धमा ।

षडयन्त्रकारीहरुको नामावली : मुख्य योजनाकार पो.म.न.पा.११ निवासी रविन्द्रनाथ बास्तोला, बिश्वराज बास्तोला, श्रीमती नाताकी सृजना बाँस्तोला, श्रीमतीसँग निकट उज्वल पुन मगर,अनिल गुरुङ, पोखरा- १४ स्थित अजय के.सी, बाग्लुङ निवासी बिन्दु मगर, पोखरा काँहु निवासी हिम पौडेल नारायण, नरेश गुरुङ आदि ।

महोदय,
प्रस्तुत विषयमा म श्रीप्रसाद बास्तोला पूर्व बिद्यालय संचालक हाल बाल अधिकार संरक्षणका लागि आवाज उठाउँदै आएको ब्यक्ति हुँ । दुई वर्ष अगाडि बिश्वराज बास्तोला छात्रा दुर्व्यवहारमा पक्राउ परेपछि मलाई फसाउने धम्की दिईएको थियो ।
हाल आएर माथि उल्लेखित ब्यक्तिहरुको षडयन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पदार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखी यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साचो हो । पोखरा टेलिभिजनको म सिईओ हुँदा बखतमा गरिएको चेकमा पनि मैले हस्ताक्षर मात्र गरी संस्थापकलाई बुझाएको मात्र हुँ ।

तसर्थ यस उपर निष्पक्ष छानबिन गरी कानून बमाजिम कारवाहीको लागि अनुरोध गर्दछु ।

कानून बमाजिमको आदेश पालना गर्न तयार, गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की,पोखरा

निवेदक
श्रीप्रसाद बास्तोला
९८५६०६४०३३
पो.म.न.पा.वडा नं ११

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu