Connect with us
Kapilvast Forest

तालिबान सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रूपमा देखा परे

२०७८, १४ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी– तालिबान सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका अधिकारीहरूले आज आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका समाचार संस्था एएफपीले जनाएकाे छ ।

अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका थिए । तर गएकाे अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रूपमा देखा परेका थिएनन् ।

तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो । तालिबान अधिकारीहरूका अनुसार हिजाे शनिवार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकु चेलाहरूसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए ।

सन् २०१६ मा अमेरिकी ड्रोन आक्रमणमा परि तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत सङ्क्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu