Connect with us
Kapilvast Forest

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं – केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बस्दैछ । अफगानी नागरिकहरु नेपालमा अवैध रुपमा प्रवेश गर्न थालेको विषयलाई लिएर सुरक्षा रणनीति तय गर्न सोमबार अपरान्ह ४ बजे सुरक्षा समितिको बैठक बोलाइएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बस्ने बैठकमा नेपाली सेनाका रथी, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल लगायत सहभागी हुनेछन् ।गृहका एक अधिकारीका अनुसार बैठकमा सीमा नाका व्यवस्थित गर्नेबारे पनि छलफल हुनेछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu