Connect with us
Kapilvast Forest

राष्ट्रपति कार्यालयमा देउसी भैलो

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

 

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनुपर्ने बताउनु भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा लक्ष्मी पूजाको अवसरमा अयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै राष्ट्रपति भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताउनु भएको हो ।

 

उहाँले बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्व भएको बताउँदै यसले मनोबल उच्च बनाउन प्रेरित गर्ने धारणा राख्नु भयो । ‘हाम्रो देशको गरिबी, बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनुपर्नेछ । देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्नेछ, अबको कलाकारिता कृषि, हरियाली प्रवद्र्धन गर्ने क्षेत्रमा गीत संगीतहरु रचेर आगामी दिनमा सुनाउनुहोला, किसानको गीतहरु पनि सुनाइदिनुहोला’ उहाँले भन्नु भयो ।

 

राष्ट्रपति भण्डारीले आगामी दिनमा लामो सांस्कृतिक कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने पनि बताउनु भयो । शीतल निवासमा आयोजित कार्यक्रममा नेपाल बाल संगठन, नेपाल बाल मन्दिरका बालबालिकाहरु र सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले देउसी भैलो खेलेको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu