Connect with us
Kapilvast Forest

गोरखामा स्क्रब टाइफसले एक जनाको मृत्यु

२०७८, २२ कार्तिक सोमबारमा प्रकाशित

 

गोरखा – पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक पुरुषको मृत्यु भएको छ। भीमसेन थापा गाउँपालिका ६ थापाटारका ६७ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

चितवन मेडिकल कलेज(सिएमसी)मा उपचारको क्रममा उनको मृत्यु भएको मृतकका आफन्त शिव थापाले जानकारी दिए। खेतको काम सकेर घर फर्केका उनी एक्कासी कमजोरीसहितको ज्वारोले ग्रस्त भएपछि गोरखा अस्पतालमा उपचारका लागि आएका थिए। व्यथाले कराप्दै लगेपछि थप उपचारका लागि उनलाई सिएमसी पुर्‍याइएको र चौबीस घण्टा नबित्दै उनको मृत्यु भएको थापाले बताउनु भयो ।

भीमसेन थापा गाउँपालिकामा अरु कसैलाई पनि स्क्रब टाइफस नफैलिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए। यसअघि आरुघाट गाउँपालिकामा भने ३५ जना सो रोगले संक्रमित भएका थिए। तर अहिले आरुघाटमा पनि संक्रमित नरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu