Connect with us
Kapilvast Forest

दाङमा जीप दुर्घटना स् एक जनाको मृत्यु, १६ जना घाइते

२०७८, २२ कार्तिक सोमबारमा प्रकाशित

बुटवल- दाङको बबइमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका(३ का अन्दाजी ४० वर्षीय देबबहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।

 

मृतक सुनार जिपका मालिक हुन् । सल्यानको कालीमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना हहुँदा अन्य १६ यात्रु घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ ।

दाङको बबइ गाउँपालिका(३ ठाडो खोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनु भयो ।सामान्य घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको र गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।