Connect with us
Kapilvast Forest

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा जनसागर उतार्ने:नेता घिमिरे

२०७८, २३ कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु –नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा जनसागर उतार्ने बताउनु भयो । नेता घिमिरेले नेकपा (एमाले) कपिलवस्तुको दोस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । नेता घिमिरेले पार्टी महाधिवेशन पश्चात कपिलवस्तु एमालेमा प्रवेशको ब्यापक जनलहर आउने दावी गर्नु भयो ।

वैठकलाई सम्बोधन गर्दै विशिष्ट अतिथी एमाले लुम्बिनी प्रदेशका सचिव भूमिश्वर ढकाललेएकतावद्ध, अनुशासित एमाले बनाउने अभियानमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन केन्द्रित हुने बताउनु भयो । लुम्बिनी प्रदेशका सचेतक समेत रहनु भएका नेता ढकालले कूशलतापूर्वक जनअपेक्षा पुरा गर्ने बताउनु भयो ।

मंसिर १० देखी १२ गते सम्म हुने नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा कपिलवस्तु जिल्लाबाट १९ जना प्रतिनिधीको रुपमा सहभागि हुने एमाले जिल्ला संगठन विभागले जनाएको छ । महाधिवेशनमा कपिलवस्तु जिल्लाको क्षेत्र नं. १ बाट ८ जना, २ बाट ५ जना, ३ बाट ४ जना र दलित तर्फबाट २ जना गरी गरी १९ जना प्रतिनिधी चयन हुनुहुने भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष प्रतिनिधी रहने एमाले कपिलवस्तुले जनाएको छ ।

महाधिवेशन प्रतिनिधका निम्ति कात्तिक २६ गते नै उम्मेद्वारी मनोनयनको तालिका तोकिएको एमाले कपिलवस्तुले जनाएको छ । नेकपा (एमाले) कपिलवस्तुमा ८ हजार ४ सय ४४ जना पार्टी संगठिन सदस्य रहेको संगठन विभागले जनाएको छ ।

महाधिवेशनमा कपिलवस्तु जिल्लाबाट १५ हजार जनसहभागिता गराउने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । वैठकमा एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनाल, जिल्ला सचिव बाबुराम आचार्य र जिल्ला सचिवालय सदस्य सिवि गहतराजले क्षेत्रगत रिपोटिङ्ग गर्नु भएको थियो । वैठकले जिल्ला कमिटी सदस्यहरुको जिम्मेवारी वाडफाड गरेको एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले बताउनु भयो ।

एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता रहेको वैठकमा नेकपा (एमाले) का लुम्बिनी प्रदेशका कार्यालय सचिव बलराम अधिकारी, प्रदेश सभा सदस्य एवम् एमाले नेता विष्णु पंथी, एमाले नेताहरु कृष्ण पौडेल, जंजिर प्रसाद चौधरी, शान्तिदेवी चमार, डम्मर शर्मा, प्रभा पौडेल, नेत्रराज अधिकारी, शुसिल कुमार श्रीवास्तव, शारदा शर्मा, टेकराज पौडेल, विष्णु भण्डारी, आजाज अहमद दर्जी, डम्मर शर्मा चापागाई, सूर्य कुमारी शाही लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu