Connect with us
Kapilvast Forest

कपिलवस्तुमा जनगणनाको लागि ५ सय ८२ जना गणक खटिने

२०७८, २५ कार्तिक बिहीबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण तयारी पुरा भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको सम्पूर्ण तयारी पुरा भएको हो । कपिलवस्तुसहित देशैभर आज विहिबारदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् ।

जिल्लामा जनगणनाको लागि सम्पूर्ण तयारी पुरा भएको जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले जानकारी दिनुभयो । जसका लागि कपिलवस्तुका १० पालिकामा ५ सय ८२ जना गणक खटिएको प्रमुख कुर्मीले बताउनुभएको छ । गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा कार्तिक १३ देखि १६ गते नै तालिम दिई सकिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu