Connect with us
Kapilvast Forest

प्रधानसेनापति र कोरियाका राजदूतबीच भेटवार्ता

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र कोरियाका राजदूत पार्क चोङ-सुकबीच भेटवार्ता भएको छ।उनीहरूबीच मंगलबार सैनिक मुख्यालय, जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu