Connect with us
Kapilvast Forest

कट्टुमा लुकाएर ल्याएको २ किलो सुनसहित दुई युवा पक्राउ

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

pakrau

 

काठमाडौं -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।

 

उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो ।

दुबई विमास्थलमा सुन पठाउने समुहले ‘कट्टु लगाएर जानु’ भनेर सुन लुकाएको भित्री कट्टु दिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu