Connect with us
Kapilvast Forest

पुर्वप्रधानमन्त्री डा. भट्टराई र बरिष्ठ नेता राई कपिलवस्तु आउदै

२०७८, १० मंसिर शुक्रबारमा प्रकाशित

कपिलवस्तु-जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बावुराम भट्टराई मंसिर ११ गते कपिलवस्तु आउनुहुने भएको छ ।

मुलुकका विभिन्न ठाउँमा कार्यक्रताहरु सँग अन्तरकृया गर्दै कपिलवस्तुको चन्द्रौटामा पनि भेटघाट हुने भएको छ ।

जसपाका वरिष्ठ नेता अशोक राई ,प्रदेश अध्यक्ष अशोक यादव, महासचिव यज्ञ पोख्रेल लगाएतका नेताहरुको सहभागिता रहने छन । मुख्यत आगामी निर्वाचनलाई लक्षित गर्दै कार्यक्रता सँग भेटघाटलाई तिव्रता दिइएको छ ।

पूर्वप्रधामन्त्री समेत रहनुभएका डा भट्टराईले शिवराज नगरपालिका ५ खैरीमा अगुवा कार्यक्रताहरुलाई प्रशिक्षण दिने युवा नेता रहिश शाहले बताउनुभयो । पूर्वप्रधामन्त्री डा भट्टराइ नेताद्धय राईको रात्री बसाई समेत खैरीमा रहने युवा नेता शाहले बताउनु भयो ।