राप्रपा महाधिवेशन: प्रकाशचन्द्र लोहनीको समर्थन, लिङ्देन बलियो बन्दै
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा। प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा। लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गर्नु भएको छ ।
‘मंगलबार बिहान साढे ११ बजे डा। लोहनीले लिङ्देनलाई समर्थन रहेको घोषणा गर्दै छन्’, राप्रपा युवा नेता सुजित केसीले भन्ु भयो । यसका लागि जमलस्थित एलो प्यागोडा होटेलमा कार्यक्रम राखिएको उनले जानकारी दिनु भयो ।
हाल राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा। लोहनी तीन जना नेतृत्वमा छन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । तर, जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । स्रोतका अनुसार जबराले पनि लिङ्देनलाई समर्थन जनाउने तयारीमा हुनुन्छ । तर, उहाँ हालसम्म कुनै पक्षमा खुलिसक्नु भएको छैन ।
नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ । भोलि बुधबारबाट सुरू हुने राप्रपा महाधिवेशनमा हालसम्म थापा र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । महाधिवेशनको अघिल्लो दिनसम्म उम्मेदवारी घोषणा नगरेका जबराले लिङ्देनलाई समर्थन गर्ने राप्रपा एक नेताको दाबी छ ।