Connect with us
Kapilvast Forest

कृष्णनगर १० मा मौर्याको अध्यक्षतामा एकीकृत समाजवादीको वडा कमिटी गठन 

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

 

नेकपा (एकीकृत समाजवादी) ले कृष्णनगर नगरपालिकाको वडा नं. १० मा वडा कमिटी गठन गरेको छ ।

बुधबार भएको प्रथम वडा भेलाबाट टाटा मौर्या रहेको ३७ सदस्यिय वडा कमिटी कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का कृष्णनगर नगर कमिटी अध्यक्ष इन्तेखाव अहमद खाँले जानकारी दिनुभयो ।

कमिटीको उपाध्यक्षमा इमरान अहमद, सचिवमा तोहिद खाँ, उप-सचिवमा संगीता कोरी रहनुभएको छ ।

कृष्णनगर भित्र रहेका सम्पूर्ण वडामा कमिटी विस्तारमा जुटेको पार्टीले जनताको उत्साहजनक उपस्थिति भएको जनाएको छ ।

वडा कमिटी गठनमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मीना परियार, केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, जिल्ला अध्यक्ष लंका बहादुर हमाल, जिल्ला कमिटी उप-सचिव ओमप्रकाश कुर्मी, कृष्णनगर नगर कमिटी अध्यक्ष इन्तेखाव अहमद खाँ, शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

मंगलबार मात्र वडा नं. ८ मा राघवराम कुर्मीको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटी गरिएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu