मलेसियामा पनि ‘ओमिक्रोन’ फेला
काठमाडौँ-मलेसियामा पनि ओमिक्रोनका एक संक्रमित फेला परेका छन् ।मलेसियाका स्वास्थ्य मन्त्री खयरी जमालुद्दिनले आफ्नो मुलुकमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको बताएका हुन् । नोभेम्बर १९ गते दक्षिण अफ्रिकाबाट सिंगापुर हुँदै मलेसिया आएका विदेशी यात्रुमा संक्रमण देखिएको उनको भनाइ थियो ।
मलेसियाको स्वास्थ्य विभागले समेत दक्षिण अफ्रिकाबाट आएका २५४ जना यात्रुमध्ये एकजनामा ओमिक्रोन पुष्टि गरेको छ । ती यात्रुमध्ये कम्तिमा ८३ जनामा कोरोना नेगेटिभ देखिएको, १३४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको र ३५ को स्वाब परीक्षण गर्नु नपरेको विभागको भनाइ छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसिया-प्रशान्त क्षेत्रका मुलुकमा स्वास्थ्य सेवा सुदृढ पार्दै र मानिसहरूलाई पूर्ण खोप लगाउँदै ओमिक्रोन भेरियन्टबाट हुन सक्ने संभावित संक्रमणका लागि तयारी गर्न भनेको छ ।