Connect with us
Kapilvast Forest

बागलुङको एक विद्यालयका २६ जनामा कोभिड संक्रमण

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 

पर्वत — बागलुङको एक विद्यालयका २६ जना विद्यार्थी र शिक्षकहरुमा एकैपटक कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले बुधबार र बिहीबार परीक्षण गरेको थियो ।

केहीको एन्टिजेन र केहीको पीसिआर परीक्षण गर्दा एकैपटक ठूलो मात्रामा संक्रमण पुष्टि भएको हो । धौलागिरि अञ्चल अस्पतालका कोभिड फोकल पर्सन प्रकाश घिमिरेका अनुसार ८१ जनामा परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै शनिबार स्थानीय समुदायका १८ जनामा गरिएको परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताउनु भयो । ‘नयाँ भेरिएन्ट हो कि जीन सिक्वन्सिङ परीक्षण गर्न केही नमुना काठमाडौं पठाउँदैछौं,’ उहाँले भन्नु भयो ‘त्यो नतिजा आएपछि के हो भन्ने पत्ता लाग्छ ।’

 

वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिलाई पत्राचार गरिएको बताउनु भयो ।