राप्रपाका विजयी उम्मेदवारद्वारा विजयी उत्सव
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनु भएकोछ ।आइतबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार कमल थापालाई २ सय मत अन्तरले हराउँदै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित हुन भएको हो ।
कुल खसेको ३८६५ मतमध्ये लिङ्देनले १८१७ मत पाउनु भो भने थापाले १६१७ मत पाउनु भएको थियो । यस्तै ४३१ मत बदर भएको थियो।अध्यक्षमा कमल थापाले चुनाव हारे पनि पदाधिकारीमा भने थापापक्षका अधिकांश उम्मेदवार विजयी भएको निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले जानकारी दिनु भयो ।
राप्रपामा चार उपाध्यक्षमध्ये तीन जना कमल थापा समूहका विजयी हुनु भयो । दुबै प्यानलमा समेटिएका विक्रम पाण्डे सर्वाधिक २५२१ मत पाउनु भयो । थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी हुनु भयो । तामाङले १९४४ मत ल्याउँदा प्रधानले १८१४ मत ल्याएर विजयी हुनु भयो ।
महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १५८९ भोट ल्याएर विजयी हुु भयो ।यस्तै तीन महामन्त्रीको प्रतिस्पर्धामा लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए। बाँकी दुई जना कमल थापा समूहका विजयी हुनु भयो । थापा पक्षका भुवन पाठक १७०५ भोट ल्याएर विजयी हुँदा महिला महामन्त्रीतर्फ थापा समूहकै कुन्तीकुमारी शाही विजयी हुनु भयो ।
उहाँले २००८ मत ल्याउनु भयो । महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित हुनु भयो ।राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।