Connect with us
Kapilvast Forest

दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

death

दाङ-पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरीमा बसको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ।

बसको ठक्करबाट घाइते भएका लमही नगरपालिका वडा नम्बर ७ वनघुस्रीका ५५ वर्षीय रामचरण चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो।

आइतबार बिहान सवा ६ बजे दूध बेचर घरतर्फ साइकलमा फर्किँदै गरेका चौधरीलाई पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बन्गै जंगल क्षेत्रमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

प्रहरीका अनुसार गोरुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बसले साइकल यात्री चौधरीलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते चौधरीलाई उद्धार गरी लमही अस्पताल पुर्याइए पनि बिहान साढे सात बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट एउटा गोरु पनि मरेको छ। गाडी र चालक अहिले प्रहरीको नियन्तरणमा छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu