Connect with us
Kapilvast Forest

हिमाली क्षेत्रका बालबालिकालाई खोप

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने भएको छ । १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई यही हप्ताभित्र खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले नेपाल आएको एक लाख ८५ हजार डोज मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने जानकारी दिनुभयो । उहाँले हाललाई हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाउन सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले यसअघि पनि अमेरिकाकै खोप फाइजर पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो । सुरुमा अस्पतालमा रहेका दीर्घरोगीलाई दिइने भने पनि दीर्घरोगीबाट लगाएर बाँकी रहेको खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाइएको थियो ।

“मोडर्ना खोप हिमाली क्षेत्रका १५ जिल्लाका बालबालिकालाई दिइन्छ,” खोप शाखा प्रमुख दाहालले भन्नुभयो, “तत्काल छ लाख फाइजर खोप आउने र उक्त खोप पनि बालबालिकालाई लगाइनेछ ।” खोप सल्लाहकार समितिको बैठकबाट मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय भएको जानकारी दिँदै दाहालले मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिइन लागेको बताउनुभयो ।

मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ । नेपालले कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार मात्रा मोडर्ना खोप पाएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu