Connect with us
Kapilvast Forest

प्रकाशमान सिंहद्वारा सम्पर्क कार्यालय स्थापना

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गर्नु भएको छ ।नेता सिंहले सिंहदरबारको पश्चिम गेट नजिक ट्राफिक कार्यालयसँगै सम्पर्क कार्यालय सन्चालनमा ल्याउनु भएको हो ।

सम्पर्क कार्यालय सन्चालनबारे जानकारी दिन आयोजित कार्यक्रममा नेता सिंहले घरमा भेटघाट गर्नुभन्दा यहाँ सजिलो होस् भनेर सम्पर्क कार्यालय खोलिएको बताउनु भयो ।

नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । तर उहाँकै समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला र केन्द्रीय सदस्य डा। शेखर कोइराला पनि सभापतिको उम्मेदवारमा दाबी गर्नु भएको छ । साझा उम्मेदवार छनोट गर्ने प्रयासमा उहाँहरु पूर्वमहामन्त्री सिंहको निवासमा आज दिउँसो पनि छलफलमा जुट्दै हुनुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu